May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

किसनले मल नपाइरहेको गुनासो तर गोदाममै थन्कियो रासायनिक मल

किसनले मल नपाइरहेको गुनासो आइरहँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्री कम्पनीको गोदाममा भने ७१ टन रासायनिक मल त्यसै थन्किएको छ ।कोटाको आधारमा वितरण गरिने मल सहकारी संस्थाहरुले कम्पनीबाट नलैजादा गोदाममै थन्किएको हो ।तोरी, गहुं, उखु लगाएत हिउदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्यकता छ ।

जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरी पोखरेलले जानकारी दिनुभयो ।पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताउनुभयो ।

जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए । २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ ।

ढिलो गरी मात्र कृषि समाग्री कम्पनीमा मल आएको र प्रर्याप्त पनि नभएकाले सहकारीले मल खरिद नगरेको परासी आर्दश बहुमुखि सहकारीका व्यवस्थापक संजय सिंहले बतानुभयो ।

शीर्ष समाचार

धेरै पढिएको