March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई एनआरएनएको १० लाख सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी-२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ ।एनआरएनएको मुख्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ । ntv

शीर्ष समाचार

धेरै पढिएको