March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

‘गौशाला–२६’ को वास्तविक नाम,ठेगाना र तस्बिर सार्वजनिक गर्ने ब्यक्ति पक्राउ

क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती ‘गौशाला–२६’ को वास्तविक नाम, ठेगाना र तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का केशरकुमार राईलाई पक्राउ गरिएको जनाएको छ । उनलाई विद्युतीय अपराध ऐन २०६३ अनुसार कारबाहीका लागि अदालतबाट ७ दिनको म्याद थपको आदेश लिएर अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

आफ्नो परिचय र तस्बिर सार्वजनिक गर्नेलाई कारबाहीको माग गरेर ‘गौशाला–२६’ ले गएको पुस २६ गते साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको