रामबहादुर बम्जनको घरबाट ३ करोड बरामद,विदेशी भक्तजनले पैसा दिएको बम्जनको प्रतिक्रिया

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।
सीआईबीका अनुसार बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।
तपस्वी भनिने रामबहादुर बम्जनले आफू ध्यान गर्ने मानिस भएको भन्दै विदेशी भक्तजनले धेरै आफूलाई पैसा दिएको बताएका छन् ।बूढानिलकण्ठबाट मंगलवार पक्राउ परेका उनले आफूलाई धेरै विदेशी भक्तजनले पैसा दिएको बताएका हुन् ।‘यो भक्तजनले ल्याइदिएको पैसा हो ।
मेरा विदेशी भक्तजन धेरै छन्’, तीन करोड रुपैयाँ बढी पैसासहित पक्राउ परेपछि उनले भनेका छन् ।उनले आफू सिन्धुलीको जंगलमा बसेको र कहिलेकाँही काठमाडौं आउने गरेको बताएका हुन् ।‘म सिन्धुलीको जंगलमा थिएँ । म कहिले सिन्धुलीको जंगलमा ध्यान गरेर बस्थें ।
कहिलेकाँही काठमाडौंमा पनि बसेँ’, प्रहरीसँग उनले भने, ‘म ध्यान गर्ने मान्छे हुँ । तर पुलिसले खोजिरहेको थिएन । तपाईंहरूले यहाँ ल्याइदिनुभयो धन्यवाद, जानकारी दिनुभयो । मैले सफाइ दिने मौका पाएँ ।’
उनीमाथि बारा, सिन्धुली, सिन्धुपाल्चोकमा ध्यान क्रममा हत्या, अपहरण, बलात्कार, यौन दुरासहितको आरोप लागेको छ ।प्रहरीले बुधवार उनलाई सार्वजनिक गरेको हो । अब मुद्दामा अनुसन्धानको लागि सर्लाही पठाउने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्