
काठमाडौं, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर शय्या थप गर्ने कार्यमा लागेको बताएका छन । उनले अस्पतालको पूर्वाधार विकाससँगै कोरोनाविरुद्ध तीनै तह सक्रिय भएर लाग्नुुपर्ने बताए ।
यो महामारीबाट नागरिकलाई बचाउन सरकार निरन्तर क्रियाशील भएको चर्चा गर्दै मन्त्री त्रिपाठीले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञालाई पालना गर्न, अनावश्यक हिँडडुल नगर्न र मास्कको प्रयोग गर्न प्रदेश तथा स्थानीय सरकार क्रियाशील रहेको बताएका छन ।
उहाँले कोरोना भाइरस (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्न स्थानीय तहको ध्यान सुविधा सम्पन्न आइसोलेसन सेन्टर निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सङ्घ र प्रदेश सरकारले समेत आइसोलेसन निर्माणमा ध्यान केन्द्रित गरिरहेकाले स्थानीय तहको ध्यान पनि साधन र स्रोतले भ्याएसम्मको आइसोलेसन सेन्टर निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन ।
कतिपय स्थानीय तहले आइसोलेसन निर्माण गरिरहेको भन्दै उहाँले स्थानीय तह आफैँले भेन्टिलेटर सञ्चालन गर्न नसक्ने र त्यसतर्फ स्थानीय तह जान पनि नहुने बताए ।







