December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

राष्ट्रपति भन्डारिद्वारा इन्द्रजात्राको शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह गरेका छन ।

 ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौँ उपत्यकामा महìवका साथ मनाइने इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत देश–विदेशमा रहनुभएका नेपालीलाई शुभकामना दिदैँ
राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन ।  

राष्ट्रपतिले भनेकी छिन “मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबैभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई नवीकृत गर्नेछ ।”

शीर्ष समाचार

धेरै पढिएको