March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक हुदै

आज राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल केन्द्रित रहनेछ ।

राष्ट्रियसभाका लागि विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने उनले बताए ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल आज नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको