May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

जापानको हानेदा विमानस्थलमा दुई विमान ठोक्किदा पांच जनाको मृत्यु,सबै उडानहरु स्थागित

टोकियो(जापान)- जापानको हानेदा विमानस्थलमा साँझ ५ः५० बजे जापान एयरलाइंसको विमानमा आगलागि हुदा पांच जनाको मृत्यु एवं एक जना गम्भिर घाईते भएका छन । हानेदा विमानस्थलमा होक्काईदोको न्यू चितोसेबाट आएको विमानसग जापानको कोस्टगार्डको विमानसंग ठोक्किन पुगेको थियो ।

उक्त विमानमा ३६७ यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए भने कोस्ट गार्डको विमानमा ६ जना सवार रहेको समाचारमा उल्लेख गरिएको छ ।

दुबै विमान ठोक्हाकिएपछि हानेदा विमानस्थलमा आगलागि हुन पुगेको थियो भने अहिले पनि हानेदा विमानस्थल संचालनमा आउन सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको