March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

गौशाला २६ का वकिलले जवाफी बहस थालेपछि लम्बियो सन्दीप लामिछानेविरुद्धको सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ लम्बिएको छ । सरकारवादी मुद्दा भएका कारण सरकारी वकिलहरूले जवाफी बहस सके पनि पीडित (गौशाला २६) पक्षका वकिलहरूले समेत जवाफी बहस गर्न पाउनुपर्ने माग गरेपछि सुनुवाइ लम्बिएको हो ।

पीडित पक्षको मागपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले पीडित पक्षका वकिललाई बढीमा १०-१० मिनेट समय तोकेर जवाफी बहस गर्न दिएका छन् ।

यसअघि सुनुवाइका क्रममा न्यायाधीश ढकालले सन्दीप र पीडित किशोरी गएको होटलको सीसीटीभी फूटेज मगाएर हेरेका थिए ।करिब १० मिनेट लगाएर न्यायाधीश ढकालले सीसीटीभी फूटेज हेरेको एक कानून व्यवसायीले बताए ।जवाफी बहस सकिएर आजै फैसला आउने सम्भावना रहेको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको