March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

इपीएस परीक्षाका लागि फाराम भर्न नपाएपछि प्रदर्शन,प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाका लागि आवेदन फाराम भर्न नपाएको भन्दै ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।प्रदर्शनमा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले जानकारी दिए । उनका अनुसार घाइते अवस्थामा किस्ट अस्पताल लगिएका दैलेखका सुदन राउत र पाटन अस्पतालमा डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो ।​​

मन्त्रीको गाडी जलाएपछि प्रहरीले अश्रुग्यास हानेको थियो । ईपीएस परीक्षाको माग राख्दै प्रदर्शनमा रहेका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडपको स्थिति सृजना भएको थियो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको