March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाए

काठमाडौं, पुस १३- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्री र को तस्वीर हटाएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेका छन् ।

उनले यसअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए ।‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु । जय देश ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको