December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२८ पुग्यो, ४ वर्षीया बालिका सहित आज ७ काे मृत्यु

  • 93
    Shares

काठमाडौं– नेपालमा हालसम्म काेराेना भाइसर संक्रमितको संख्या २२८ पुगेकाे छ । जसमध्ये आज मात्र ७ जना थपिएका छन् । संक्रमित ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको मृत्यु भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको पनि ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ वर्षीय र भक्तपुरमा ७७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । photo file

शीर्ष समाचार

धेरै पढिएको