March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

प्रचण्डलाई अध्यक्ष ओलीको कटाक्ष – छोरी,ज्वाइँ र नातिनातिनाको फलिफाप छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिको नाममा हिंसा फैलाएर हिँडेका माओवादीहरू परिवारवादमा लागेको आरोप लगाएका छन् ।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै ओलीले घाइते र लडाकुको बेहाल भए पनि नेताको छोरी-ज्वाइँ र नातिनातिनाको फलिफाप भएको कटाक्ष गरेका हुन् ।

‘क्रान्तिको नाममा हिंसा फैलाएर हिँड्नेहरूको आज, मैले बोलिराख्नु पर्दैन– फल्या फुल्या छ, ज्वाइँको फल्या फुल्या छ, छोरी र नातिनातिनाको फल्या फुल्या छ’ बिहीवार पर्वतको कुश्मामा आयोजित जनसभामा ओलीले भने, ‘जनता, लडाकु, घाइते, शहीद र शहीदका परिवार विर्सेका छन् उनहरूले । आफ्ना निम्ति फलिफाप भएको छ ।’

ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा वितण्डा मच्चाउन लागिएको भन्दै एमालेको संकल्प यात्रालाई अवरोध गरे सामना गर्ने चेतावनी दिए ।‘जनयुद्धका नाममा कत्राकत्राको भाइफुट्टी समाप्त भयो भने पहिचानको नाममा ४ जना केटाहरू उफ्रेर केही हुँदैन’ ओलीले भने ।

शीर्ष समाचार

धेरै पढिएको