December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

थप ८ सय ९९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा उक्त जानकारी दिएका छन ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८२२ रहेको छ भने क्वारेन्टाइनमा रहनेको सङ्ख्या ७ हजार ३३७ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० पुगेको मन्त्रालयले जनाएको छ ।

योसँगै सोमबार ४ वर्षिया बालिकासहित ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको