May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

काठमाडौंका सडक र नदी किनारामा आगो बाल्न निषेध- भेटिएमा १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले अबदेखि सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ । सडक र नदी किनारामा आगो बालेको भेटिएमा महानगरपालिकाले १५ हजार रुपियाँसम्म जरिवाना तिराउने भएको छ । जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बालेर वायु प्रदूषण गर्ने काम बढी हुने भएकाले त्यस्तो क्रियाकलाम रोक्न कामपा वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन लागेको हो ।

कारबाहीमा परेर पनि अटेर गरी पटकपटक आगो बाले १ लाख रुपियाँसम्म पनि जरिवाना हुने खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको