March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

कर्थली जनज्योति सामुदायिक विकास सहकारीले मंसिर २० गते २२ औं साधारणसभा गर्ने

सिन्धुपाल्चोक बाह्रबिसे- मंसिर १० गते। बाह्रबिसे नगरपालिका २ कर्थलीमा अवस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाले साधारणसभा यहि मंसिर २० गते गर्ने भएको छ ।सहकारीको २२ औं साधारणसभा संस्थाकै भवनमा गर्न लागिएको हुदा बिहान १० बजे उपस्थिति हुन सम्पूर्ण सदस्यहरुमा आह्वान गरिएको छ।

सहकारी संस्थाले सहकारीका सम्पूर्ण सदस्यहरुलाई साधारणसभामा उपस्थित उपस्थित हुनका लागि पत्र काटिसकेकाे श्राेतले बताएको छ ।मंसिर २ गते सहकारीका अध्यक्ष कृष्ण बहादुर तामाङकाे अध्यक्षतामा साधारणसभा गर्ने बारे मिटिङ गरिएको थियो ।साधारणसभा उपस्थित हुनका लागि कर्थली जनज्योति सामुदायिक सहकारी संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई पत्र पठाई सकेको हाे ।

उक्त साधारणसभामा विगतमा भएको कार्यहरु, आर्थिक हिसाब किताब गर्नुका साथै सहकारीले बाेनस वितरण गर्ने सम्बन्धमा छलफल हुने र अबका दिनमा संस्थालाई कसरी लाने भन्ने विषयमा पनि सुझाव लिने सहकारीका व्यवस्थापक भुमिराज नेपालले जानकारी बताए ।

शीर्ष समाचार

धेरै पढिएको