चितवनको मिलनचोक नजिकै हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुई शव फेला
चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।बुधबार दिउसो शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको हो । शवको मुखमा टेप समेत लगाइएको प्रहरीले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पुल मुनी शव भेटिएको थियो । दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोराभित्र रहेको थियो ।
दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । शवको परीक्षण र घटनाको थप अनुसन्धान कार्य भइराखेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्