March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेलाई सक्काईदिने चेतावनी दिएका छन् ।बिहीबार काठमाडौंमा गर्न लागेको विशाल जनप्रदर्शनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले यस्तो दाबी गरेका हुन् । उनले कोशी र मधेशमा जस्तै एमाले अब काठमाडौंमा समेत सकिने दाबी गरे ।

‘केपी ओली र महेश बस्नेतको राज्य हो यो ? विर्तामोडमा, मेची अञ्चल मात्रै होइन २ नम्बर प्रदेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदैछ’ उनले भने ।

सिकारीले पनि सुतेको बेला गोली नचलाउने भन्दै उनले आफ्नो सर्वस्व लुटिएको दुःख सुनाउन आएकालाई महेश बस्नेतका युवाले हातपात गरेको आरोप उनले लगाए ।

‘सिकारीले सिकार गर्दा पनि निदाउँदा गर्दैन । बिउँझाएर मात्रै गर्छ । तर गए राति ११ बजेर ५९ मिनेटमा चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा मेरा हजुराबाको कमाण्डमा रहेका युवा संघका अपराधीले जुत्ता बझारे, एक जनाको दाँत खुस्केको छ । यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्री के हेरेर बस्नुभएको छ ?’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको