May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

डेढ अर्बको भाईमसला आयात

भाई मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाईपूजामा दिदीबहिनीले दाजुभाईलाइ सगुनका रुपमा भाईमसला दिने प्रचलन छ ।दाजुभाईलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाईमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाईमसला आयात ३४ करोडले बढि भएको छ ।गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाईमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाईमसला आयात भएको छ ।

३१ करोडको नरिवल अयात
भाईमसलको रुपमा प्रयोग हुने नरिवल चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड बराबरको आयात भएको छ । गत आर्थिक बर्षको सोही समयमा नरिवल १९ करोड बराबरको आयात भएको थियो ।

७६ करोडको ओखर आयात
भाईमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको पहिलो दुई महिनामा २५ करोडको आयत भएकोमा यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो ।

छोकडाको आयात केही बढ्यो
गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको पहिलो तीन महिनामा छ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा दुई लाख बराबरको आयात भएको छ ।

१९ करोडको बदाम आयात बढ्यो
भाईमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड बराबरको बदाम आयात भएको थियो । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ ।

नौ करोडको किसमिस आयात
भाईमसलाको रुपमा प्रयोग हुने किसमिस नौ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका सुरुको तीन महिनामा किसमिस छ करोड बराबरको आयात भएको थियो ।

पिस्ता आयात घट्यो
भाईमसलाको रुपमा प्रयोग हुने पिस्ताको आयात घटेको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा पाँच लाख बराबरको पिस्ता आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबमे पिस्ता आयात भएको थियो ।

सुपारी आयात नै भएन
सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपाली सुपारी आयात भएको छैन । तिहारमा भाईमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात भएको छैन ।भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार सुपारी आयातमा अहिले कोटा प्रणालीमा मात्र आयात भएकाले अहिले बजारमा सुपारी पाउन समस्या भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको