धनुषामा रेलले किचेर एकको मृत्यु

धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । धनुषा जिल्लाको विदेह नगरपालिकामा ९० वर्षीय विन्देश्वर दासको रेलले किचेर मृत्यु भएको हो । मङ्गलबार बिहान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रन्जन अवाले बताउनुभयो ।

मृतको दासको घर भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही रेहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुभयो ।उहाँका अनुसार बैदेहि स्टेशन नजिकै रहेको पुलको रेल्वे लिकमा बाटो काट्ने क्रमामा रेलले किचेर दासको मृत्यु भएको हो । रेल धनुषाको कुर्थाबाट बिहान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।