December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

प्रधानमन्त्री दाहाल चढेको हेलिकोप्टरबाट २५ घाइतेको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको छ ।जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो घटना थाहा पाएसँगै प्रधानमन्त्री १४ जना चिकित्सकको टोलीसहित शनिबार बिहानै जाजरकोट र रुकुम पश्चिम पुग्नु भयो ।

उहाँले राज्यका संयन्त्रलाई परिचालन गर्नुका साथै उद्धार र राहतलाई तीव्रता दिनुभयो । जसले गर्दा उद्धार र घाइतेको उपचारमा युद्धस्तरमा काम भयो ।

खजुरा (बाँके), १८ कात्तिक : गएराती गएको भुकम्पमा परि घाइते भएका जाजरकोटको भेरी नगरपालिका ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गरिँदै । घाइते कार्कीको दाहिने खुट्टा भाँचिएको छ । तस्बिर : राकेशकुमार मिश्र/रासस

घाइतेको स्थानीय, प्रादेशिक र केन्द्रीय अस्पताल काठमाडौंमा पनि उपचार भइरहेको छ ।यो समाचार तयार पार्दासम्म भूकम्पबाट १५७ जनाको निधन भएको छ भने सयौं घाइते भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको