बाह्रबिसे,भोटेकोशी र त्रिपुरासुन्दरी ३ स्थानिय सरकारले भूकम्प पिडितलाई ३५ लाख सहयोग गर्ने
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया सहयोग गर्ने भएको छ । त्यसैगरी भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया सहयोग गर्ने निर्णय भएको छ भने त्रिपुरासुन्दरी गाउँपालिकाले पनप १० लाख रुपैँया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय भएको हाे।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि कैयौंकाे मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिनुभएकाे छ ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताउनुभयाे । त्यसाे त बाह्रबिसे नगरका मेयर बस्नेतले याे भन्दा पहिले पनि धेरै मानवीय विपत्तिहरुमा त्यहाका स्थानीय र बाढी पिडितहरुलाई सहयोग गरिसक्नु भएको छ। बस्नेत वर्षाै पहिलेदेखि नै समाजसेवामा आधारित भएर काम गर्नु भएकोले पनि उहाँ बढि समाजसेवा प्रचलित भएको त्यहाँका जनताले महसुस गरेका छन् ।
त्यसैगरी पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिनुभएकाे छ ।
प्रतिकृया दिनुहोस्