July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न पाँच जना सार्वजनिक,मुख्य योजनाकार २२ वर्षीया राधा

बारा कलैया उपमहानगरपालिका-६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले अाज सार्वजनिक गरेको हाे । प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ।

सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका– ६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन–१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उहाँको भनाइ छ ।पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सर्राफ र मनोजबिच केही दिन अघि कलैयामा भगडा समेत भएको थियो ।

राधा सर्राफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको