सहयोग रकम र आलोचनाबारे नेपाली दूतावास काेरियाकाे प्रेस विज्ञप्ति,सञ्जालमा पत्र पठाउनु खेदजनक
दक्षिण काेरिया- नेपाली राजदुतावास सिओल दक्षिण कोरियाले ३५ लाख वन सहयोग रकम मागेकाे विषयलाई लिएर यतिबेला काेरियामा सामाजिक सञ्जालहरु तातिरहेको छ । जसमा धेरैले दूतावासले सहयोग गर्नुकाे साटाे उल्टै सहयोग माग्न र दूतावासले नै यसरी आर्थिक सहयोग माग्नु देशका लागि पनि लज्जास्पद विषय भएको भन्दै आलोचना भएकाे हाे।
यसैबीच अक्टोबर २९ तारिख (आज आइतबार ) दूतावासले आफ्नो आधिकारिक पेज एम्बेस्सी अफ नेपाल सिओल( Embassy of Nepal Seoul) बाट प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।
दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाली राजदूतावास काेरियाले असल नियतले देशकाे प्रतिष्ठा बढाउनकाे लागि स्राेत र बजेटले सम्भव नभएका कारण संस्थाहरुलाई आर्थिक सहयोग काे अपिल गर्दै पत्र जारी गरेकाे थियो। तर उक्त पत्र सामाजिक सञ्जालमा पठाउनु खेदजनक भएको उल्लेख गरिएको छ।
दूतावासले अनलाइन मिडियाहरुलाई आराेप लगाउदै गलत शिर्षक बनाई समाचार बनाएकाेमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
भएको के थियो ?
नेपाली राजदूतावास काेरियाले यहि अक्टोबर २६ तारिखका दिन काेरियाका विभिन्न संघ संस्थाहरुकाे नाम उल्लेख गर्दै ३५ लाख काेरियन वन सहयोग रकम माग गरेकाे थियो र उक्त माग पत्र सार्वजनिक भए लगत्तै विवाद सुरु भएको हाे । उक्त रकम नेपाल काेरियाबिचकाे कुटनैति सम्बन्ध ५० वर्ष पुगेको अबसरमा Nepal Korea cultural Event काे आयोजना गर्नकाे लागि भनिएको थियो। कार्यक्रम भने शनिबार सम्पन्न भैसकेको छ ।
नेपाली राजदुतावास काेरियाले सहयोग रकम मागेपछि सामाजिक सञ्जालमा सुरु भएको आलोचना र बहसहरु तल तस्बिरमा हेर्नुहाेस
साथै दूतावासले संकलित रकम र खर्च विवरण यथाशीघ्र छिटो प्रकाशित गर्ने जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्