प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो भेटवार्ता भएको हो ।
दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने विषयमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको जानकारी दिए ।
‘शान्ति प्रक्रियाका कामलाई टुंग्याउनुपर्ने विषयमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएकोले अध्यक्ष भेटका लागि जानुभएको हो’ बजगाईँले भने, ‘यूएनका महासचिव नेपाल आउनुपूर्व प्रधानमन्त्रीले शान्ति प्रक्रियाका विषयमा छलफल गरेर जाउ भनेर बोलाउनुभएको होला । अरू कुनै ठूलो इस्यु छैनन् ।’
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र संसद्मा विचाराधीन विधेयकहरूको विषयमा छलफल भएको बताइएको छ ।प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको तस्वीरमा प्रचण्ड र ओली दुवै जना हँसिलो मुद्रामा देखिएका छन् ।
प्रतिकृया दिनुहोस्