May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

मुगुको मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या

मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।

उहाँका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको छ । श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा छन् । हत्या कलसे लगरेको हो भन्ने खुल्न बाँकी रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिका – ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर उहाँहरु घर आनुभएको थियो । हत्या गर्ने हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको