December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

आज टीकाको तेस्रो दिन: आशीर्वाद लिने क्रम जारी

आज बिहीबार आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी छ ।दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ ।

आज बिहानदेखि राजधानी काठमाडौं उपत्यकामा बिहानदेखि केही चहलपहल देखिन थालेको छ । दशैं मनाउन गाउँ जानेहरू भने हिजोदेखि नै उपत्यका भित्रिन थालेका छन् ।केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि केही चहलपहल देखिन थालेको छ।

शीर्ष समाचार

धेरै पढिएको