April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

दाङमा नवजात शिशुको हत्या प्रयास – सुत्केरी आमा पक्राउ

दाङमा नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन् । लमही नगरपालिका-७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको पाइएको छ । आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

घाइते शिशुलाई उपचारको लागि लमही अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।सुत्केरी आमाले आफूले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन् भन्नेबारे खुल्न बाँकी छ । आमामा केही दिनदेखि झोक्रीने, टोलाउनेजस्ता समस्या देखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको