भारतले नेपाललाई ९५ हजार टन चामल दिने

काठमाडौं – भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।
जसमा नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्सलगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र पठाएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो ।
उहाँका अनुसार अहिले नेपाललाई नन् बासमति ह्वाइट राइस आवश्वक पर्दैन । उहाँले भन्नुभयो, “अहिले नेपाललाई यो चामलकोे आवश्यकता पर्दैन । भारतबाट गत बर्ष पाएको कोटाबाट आयात गरिएको धानको प्रशोधन हुन सकेको छैन । धानबाट उत्पादित चामल पनि बिक्री हुन सकेको छैन ।”
उहाँका अनुसार अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नहुने उहाँको भनाइ छ । नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताउनुभयो ।
भारतले सन् २०२३ मा नेपालले ६ लाख टन धान आयात गर्न पाउनेगरी कोटा दिएको थियो । झापा, मोरङ्का किसानले धान बिक्री नभएको भन्दै आफूलाई फोनमार्फत गुनासो गर्नेगरेको उहाँले सुनाउनुभयो ।
प्रवक्ता ठाकुरले भन्नुभयो, झापा, मोरङ्का किसानहरुले धान विक्री नभएको भन्दै ग्ुनासो गर्नेगरेका छन् । अब नेपालमा नै धानको उत्पादन हुन्छ, भारतले कोटा छुट्याएको यो धान आयात गर्नु अव आवश्यक छैन ।
भारतमा अब नयाँ चामल उत्पादन हुन थालेकाले भारतले निर्यातमा फुकुवा गरेको उहाँको बुझाइ छ । भारतले प्रतिबन्ध लगाएको समयमा उपभोक्ताले महँगो मूल्यमा चामल किनेर खानु परेकाले अब यो फुकुवाको कुनै अर्थ नरहेको ठाकुरले बताउनुभयो ।
उहाँले भन्नुभयो, जुन समयमा नेपाली उपभोक्ताले महँगो मूल्यमा चामल खरिद गरेर खान बाध्य भए त्यो समयमा भारतले प्रतिबन्ध गर्यो । अहिले नेपालमै धान उत्पादनको काम सुरु भइसकेको छ ।”
प्रतिकृया दिनुहोस्