November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ ।

उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए । दुर्घटनामा अरु कुनै मानवीय क्षति भने भएको थिएन ।

उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएको थियो तर यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो ।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको