June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

काठमाडौंको मैतीदेवी मन्दिरमा पूजा गर्न लाइनमा भक्तजनहरु

आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। घटस्थापना गरेसँगै नवदुर्गाका नाै रूपको पूजा गर्ने गरिन्छ।उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ।मैतीदेवी, भद्रकाली मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

शीर्ष समाचार

धेरै पढिएको