चाडबाडलक्षित यात्रु सहायता कक्ष – यात्रुहरुलाई केहि सहज
नवलपुर जिल्लामा विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न ६ ठाउँमा सहायता कक्ष स्थापना गरेको छ । जसका कारण अहिले यात्रुहरुले आफुहरुलाई यात्रा गर्न पनि सहज भएको बताएका छन् ।
पूर्वी नवलपरासीको नवलपुर जिल्लामा दशै, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
चाडपर्वलाई लक्षित गरेर नवलपुर जिल्लाको गैँडाकोट– २ पुलको नजिक, देवचुली – १३ दलदले चोक, कावासोतीको फलफुल चोक, बिनय त्रिबेणी गाउँपालीकाको ज्यामीरे र बिनय त्रिबेणी गाउँपालीका , नेपाल भारत सिमानाका व्यारेजपुलमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसरी चाडबाडको बेला जनताको समस्यालाई प्रहरीले आफ्नै समस्या सम्झिएर ठाउठाउमा नागरीक यात्रु सहाएता कक्ष स्थापना गरिदिदा यात्रा गर्नलाइ सहज भएको र सरकाले तोके बमोजिम नै भाडादर भएको हुनाले कोहि पनि मारमा नपरेको यात्रुहरुले बताएका छन ।चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै प्रहरीले सडकमा निगरानी बढाएको हो ।
यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रवक्ता पौडेलले बताउनुभयो ।
विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न नवलपुरको प्रहरी प्रसाशन लागि परिरहेको छ यसरी नै देशैभर ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याउने र त्यसको सहि सदुपयोग भयो भने मात्र प्रभावकारीता बढ्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्