July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

इजरायलमा हमासको आक्रमण- कुन देशका कति नागरिक मारिए ?

तेल अभिभ – गत हप्ता इजरायलमा चरमपन्थी समूह हमासले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ । यस्तो छ सूची :

अमेरिका: २७ जनाको मृत्यु
थाइल्याण्ड: २४ जनाको मृत्यु
फ्रान्स: १५ जनाको मृत्यु
नेपाल: १० जनाको मृत्यु
अर्जेन्टिना: सात जनाको मृत्यु
युक्रेन: सात जनाको मृत्यु
रूस: चार जनाको मृत्यु
बेलायत: चार जनाको मृत्यु
चिली: चार जनाको मृत्यु
अस्ट्रिया: तीन जनाको मृत्यु
बेलारुस: तीन जनाको मृत्यु
फिलिपिन्स: तीन जनाको मृत्यु
ब्राजिल: तीन जनाको मृत्यु
पेरु: दुई जनाको मृत्यु
रोमानिया: दुई जनाको मृत्यु

अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वे: एक-एक जनाको मृत्यु।

जर्मनी-मेक्सिको: धेरै मानिसहरूलाई बन्धक बनाएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानिया: धेरै बेपत्ता छन्।

शीर्ष समाचार

धेरै पढिएको