व्यवसायी दुर्गा प्रसाईंमाथि अभद्र व्यवहार

पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ ।
पत्रकार सम्मेलनपछि बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गरिएको हो ।काठमाडौंको एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए ।त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो ।
उनले नै यसअघि कालोमोसो अभियान चलाएका थिए । पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा कालोमोसो दलिएको पाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले रेस्क्यु गरेर त्यहाँ राखिएको बताएका छन् । उनले कुन समूहले कालो मोसो दलेको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए ।
कार्यक्रम सकेर तल झर्दा दुर्व्यवहार गरिएको प्रसाईं निकट स्रोतले जानकारी दिएको छ । जानकारीअनुसार कुनै राजनीतिक दल नजिक रहेका कार्यकर्ताले मोसो फालेका हुन् ।
प्रतिकृया दिनुहोस्