काठमाडौँ महानगरपालिकाले २ अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत गर्ने

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।

पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक बर्षबाट थालिएको कामलाई यस बर्ष थप तीब्र बनाइएको हो । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् । दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ ।

सार्वजनिक निर्माण विभागका अनुसार, वडा नं. २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ । अहिले वडा नं. २६ लैनचौरबाट वडा नं. १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ । यसको लागत ४ करोड ५५ लाख रुपैयाँ हो । वडा नं. २६ लैनचौरबाट वडा नं. २ को लाजिम्पाट, वडा नं. ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ । यसको लागत करिब १० करोड रुपैयाँ हो । वडा नं. २८ को प्रदर्शनी मार्गमा काम थालनी भएको छ । यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो । वडा नं. ११ को त्रिपुरेश्वरदेखि वडा नं. २२ सुन्धारा, वडा नं. २७ र २८ को सिमाना महावौद्ध, रत्नपार्क, जमल हुँदै वडा नं. २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यसको लागत १८ करोड रुपैयाँ हो । नयाँ बजार बडा नं. १७ खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ ।

वडा नं. ४ को बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ३५ लाख रुपैयाँ हो । वडा नं. ३२ को तीनकुनेदेखि वडा नं. ९ सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै वडा नं. ८ को गौशालासम्मका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ६९ लाख रुपैयाँ हो । वडा नं. १० नयाँ बानेश्वरदेखि वडा नं. ९ पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुनेछ । वडा नं. ११ थापाथलीदेखि वडा नं. १२ टेकुहुँदै वडा नं. १३ कालीमाटीसम्मको सडक खण्डको लागत ६ करोड रुपैयाँ हो ।

वडा नंं २८ को बागबजारदेखि वडा नं. २९ चारखाल, वडा नं. ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं. ९ को पुरानो बानेश्वर, वडा नं. ३१ को भीमसेनगोलाहुँदै वडा नं. ९ को सिनामंगल सडक खण्डका लागि १० करोड लागत रहेको छ ।

वडा नंं १३ को कालीमाटीदेखि सोल्टी मोडहुँदै वडा नं. १४ को कलंकीसम्म, वडा नं. ८ को गौशालादेखि वडा नं. ७ को चावहिलसम्म, वडा नं. ८ गौशालादेखि वडा नं. ९ रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राखिएको छ । यसका लागि १० करोड लागत अनुमान गरिएको छ । यसका लागि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ ।

वडा नं. ४ को विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ । यस्तै वडा नं. ६ को महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ । यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ । वडा नं. १५ को भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ । यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ ।

सूचनामा गएको अर्को योजना वडा नं. १६ को बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्ड हो । यसको लागत ३ करोड रुपैयाँ हो । वडा नं. ३२ जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुनेछ ।

वडा नं. ११ को माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै वडा नं. ३२ को तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछ ।

यसैगरी वडा नं. ५ को बालमन्दिरदेखि नक्साल, वडा नं. १ को नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै वडा नं. ३० को डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत हुनेछ ।

वडा नं. १५ को डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ ।काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ ।

यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ ।

प्रयोगकर्तामध्ये सडकमा पैदल यात्रीको पहिलो अधिकार हुन्छ । यसपछि मात्र सवारी साधनले प्राथमिकता पाउँछन् । पैदल यात्रामा रहने यात्रीलाई कुनै पनि खालको अवरोध पु¥याउनु हुँदैन । यसको अर्थ पैदल यात्रीले जसरी पनि हिँड्न पाउँछ भन्ने चाहिँ होइन । पूर्वाधार र सडक सुरक्षाका लागि उसका पनि केही दायित्व र जिम्मेवारी हुन्छन् ।

पैदल यात्रीको यो अधिकार स्थापित गर्न काठमाडौँ महानगरपालिकाले सडक व्यापारलाई निषेध गरिसकेको छ । सडकको किनारामा कसैले पनि कुनै खालका व्यापार गर्न पाउँदैनन् । यसअघि सडकमा खुला व्यापार र ठेला व्यापारले हिँड्न कठिन थियो । सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुलता थपेको थियो ।

यी सबै खालका प्रतिकुलताको सामना गरेर पूर्वाधार निर्माण हुन सक्ने वातावरण तयार भएको छ । यसपछि बर्खायाममा हिलो र घाम लागेका बेला धुलो उड्ने वातावरणमा सुधार आउनेछ ।

महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि १० करोडमा सम्झौता भइसकेको छ ।

साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख रहेको छ । वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए ।

महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं ८ को गौशालासम्मका लागि छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ ।

वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड बजेट छुट्याइएको छ ।

साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं १४ को कलङ्कीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ ।