November 11, 2024, Monday
२०८१ कार्तिक २७, मंगलवार

विश्वकप फुटबल २०२६ छनोट खेल- नेपालले लाओस प्रतिस्पर्धा गर्ने

काठमाडौं, असोज १९ – विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ । नेपालले लाओसविरूद्ध होम र अवे गरी दुईवटा खेल खेल्ने छ । दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुने छ ।

लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । दोस्रो चरणमा नेपालले युएई, बहराइन र यमन र श्रीलंकाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्ने छ । लाओसविरूद्धको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्ल्बटो एनेसको मुख्य प्रशिक्षणमा अहिले २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । खेलको लागि लाओस ९ अक्टोबरमा नेपाल आइपुग्ने छन् । लाओसका प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको सम्पूर्ण तयारी अगाडि बढाइएको जानकारी दिएको छ । खेल हेर्नका लागि साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटतर्फ पाँच सय रुपियाँ टिकट दर तोकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको