May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै एमाले

नेकपा (एमाले) ले दिवंगत संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ ।

शनिबार बसेको पार्टीको कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको थियो । आज पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने विचार गोष्ठीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलल मधेस प्रदेशमा आयोजना हुने विचार गोष्ठीमा सहभागी हुँदैछन भने कोशी प्रदेशको इलाममा आयोजना हुने विचार गोष्ठीको जिम्मा रामबहादुर थापा ‘बादल’ ले पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा आयोजना हुने विचार गोष्ठिमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेलाई विचार गोष्ठीको जिम्मेवारी तोकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको