यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
याे सालनी परदेशमै तीज भन्ने गीत जस्तै पत्रकार सविना कार्कीले यश पटककाे तीज पनि परदेशमै मनाएकी छन् । उनी हरेक साल तीजमा साधारण शैलीमा यक्लै फाेटाेसूट गर्न रुचि राख्ने गर्छिन् ।
केही वर्षदेखि कार्कीले परदेशमै बसेर पनि नेपाली श्रमिकहरुका लागि आवाज उठाउदै आइरहेकी छन् ।
कार्कीले विगत ४ वर्षदेखि मलाय खबरबाट प्रशारण हुने कार्यक्रम परदेशीकाे आवाज सञ्चालन गर्दै आइरहेकी छन् ।
कार्यक्रममा परदेशमा रहेका नेपाली श्रमिकहरुकाे समस्या र समाधानका बारेमा विषयहरु उठान गर्ने गर्छ उक्त कार्यक्रममा नेपाल सरकारले विदेशमा रहेका नेपाली श्रमिकहरुका लागि गरेका तत्कालीन व्यबस्था र सुविधाहरुकाे बारेमा जानकारी दिने र मलेसिया कुवेत, कतार,दुवै,साउदि लगाएत देशमा समस्यामा परेका केही नेपाली श्रमिकहरुलाई कार्यक्रम मार्फत उद्वार गर्न सफल भएको छ।
नेपाली परम्परामा तीज महिलाहरूले मनाउने महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जस्तो तरिकाले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजको एकदमै महत्त्व रहेको छ ।
प्रतिकृया दिनुहोस्