चिकित्सकहरु आन्दोलनमा,देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द
नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको छ । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै उनीहरुले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।
हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि आक्रमण गर्नेलाई भदौ २७ गते ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न संघले अल्टिमेटम दिएको थियो ।
सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको भन्दै चिकित्सकहरुले आन्दोलन गरेका हुन् । देशका सबैभन्दा जेठो अस्पताल वीर अस्पतालको पनि आपतकालीनबाहेक सबै सेवा ठप्प भएको छ । चिकित्सकहरु शान्तिपूर्ण धर्ना र प्रदर्शनमा रहेका छन् ।
गत भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा.प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो।
प्रतिकृया दिनुहोस्