November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

श्रद्धाञ्जलीका लागि नेम्वाङको शव आज र भोलि पार्टी कार्यालयमा राखिने

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ।भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने छ।

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको हाे।

उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको