May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

एसिसी एसिया कप क्रिकेटका लागि अफगानिस्तान खेलाडी टोली घोषणा

काठमाडौं, भदौ ११ गते – पाकिस्तान र श्रीलंकामा अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने एसिसी एसिया कप क्रिकेटका लागि अफगानिस्तान खेलाडी टोली घोषणा भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले सोमबार हशमतुल्लाह शाहिदीको कप्तानीमा १७ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो । एसिया कपमा अफगाािस्तान समूह ‘बी’ मा रहेको छ । यस समूहमा बंगलादेश र श्रीलंका छ ।

अफगाािस्तानले समूहको पहिलो खेल सेप्टेम्बर ३ तारिख बंगलादेश र सेप्टेम्बर ५ तारिख श्रीलंकासँग खेल्नेछ । एसिया कपमा लागि सहआयोजक श्रीलंकाबाहेक अन्य देशले टोलीको घोषणा गरिसकेका छन् । एजेन्सी

अफगानिस्तान टोली

हशमतुल्लाह शाहिदी (कप्तान), मोहम्मद नाबी, राशिद खान, रहमानुल्लाह गुर्बाज (विकेटकिपर), इब्राहिम जाद्रन, रियाज हसन, रहमत शाह, नजीबुल्लाह जाद्रन, इकरम अलिखील (विकेटकीपर), गुलबदीन नैब, करीम जन्नत, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नुर अहमद, मोहम्मद सलीम र फैजलहक फारुकी रहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको