May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

अफिम र बिभिन्न खाले लागु औषधसहित पाँचजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिणाममा अफिम र बिभिन्न खाले लागु औषध बरामद गरेको छ । लागु औषधसहित पक्राउ परेका पाँच जनालाई आईतवार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।निषेधित डाइजेपाम ३८३ एम्सुल, फेनेरागन ३८५ एम्सुल, वुप्रिनर्फिन ३८७ एम्सुल र नाईट्रोभ्याट २०५ चक्कीसहित आषिश पौडेल र अमृत ठकुरीलाई पोखरा ३० पावरहाउस नजिकैबाट पक्राउ गरेको छ ।

त्यसैगरी ५ किलो ७ सय ग्राम अफिमसहित पुर्वी रुकुम उत्तर गंगा-२ का ४१ वर्षीय दिपेश पुन, पुर्वी रुकुम उत्तरगंगा-१ का ४० वर्षीय विराज पुन र बाग्लुङ्ग निसी गाउँपालिका-५ का तेजेन्द्र पुनलाई पक्राउ गरी सार्बजानिक गरेको हो ।

पक्राउ परेकाहरुलाई कानुनी प्रकृयाअनुसार जिल्ला अदालत कास्कीबाट म्याद थप गरी मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको