स्पेनले जित्याे फिफा महिला विश्वकप फुटबल २०२३ काे उपाधि
काठमाण्डाै – इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवाैँ संस्करणकाे फिफा महिला विश्वकप फुटबल २०२३ काे उपाधि जितेकाे छ ।आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे ।
स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो । यो उपाधिसँगै स्पेन पुरुष र महिला दुवै विश्वकप जित्ने जर्मनीपछि दोस्रो देश बनेको छ ।
इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।
स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचाैँ टिम बनेकाे छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १/१ पटक जितेका छन् ।
त्यसो त स्पेन पहिलो पटक नै यसपाली फाइनलमा प्रवेश गरेको थियो ।
स्पनेकी ओल्गा कार्मोनाले खेलको २६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
स्पेनको गोल अघि र पछि इङ्ल्याण्डले पटक पटक मौका निकाले पनि अवसरलाई गोलमा परिणत गर्न सकेन ।
यसअघि, अमेरिकाले ४ पटक, जर्मनीले २ पटक र नर्वे तथा जापानले एक-एक पटक महिला विश्वकपको उपाधि जितेका थिए ।
स्पेनले खेल जितेपछि विजय उत्सव मनाउँदै खेलाडी र प्रशिक्षक तथा स्पेनी अधिकारीहरु : ( फोटो सौजन्य : AFP)
प्रतिकृया दिनुहोस्