May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

आरती साहलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

आरती साहलाई न्याय माग्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका-९ की साह ९० दिन वितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहेपनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरुले मुखमा कालो पट्टी बाध्दै मौन धर्ना दिएका हुन्।

आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधी उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको