June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

भोलिबाट सदन सुचारु हुन्छ : प्रधानमन्त्री

काठमाडौं,भदौ २ गते- प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट सदन सुचारु हुने विश्वास दिलाएका छ्न । आज (शनिवार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ। तर, यो बीचमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँग सदनको अवरोध हटाउनेबारे छलफल गरेका थिए । उनले हिजोमात्रै पनि सभामुख घिमिरेसँग छलफल गरेका थिए ।

आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूसँग प्रधानमन्त्री दाहालले ३५ दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको खुलासा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको