December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

रोल्पामा बस दुर्घटना,दुई जनाको मृत्यु,मृतकको संख्या बढ्न सक्ने

घोराही, साउन २३ गते । रोल्पामा यात्रवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।

सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।रोल्पाको बाघमारा देखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो करिब १२:३० बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी करिब सात जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेको उद्धार कार्य भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।बस सडकबाट करिब १०० मिटर तल खसेको छ । केही यात्रु बसले च्यापिएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको