मानिस मानवोचित जीवनबाट वन्चित हुनुहुँदैन: प्रधानमन्त्री ओली
काठमाडौं, मानवोचित जीवन र समाजका लागि सरकार सधैं अग्रसर रहेको प्रधानमन्त्री केपि शर्मा ओलीले बताएका छन । यसका लागि सरकार क्रियाशिल रहेको पनि उनले स्पष्ट पारेका छन ।
मानव सेवा आश्रमको आठाँै वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बताए, “सरकारको कर्तव्य नै हो सामाजिक सुरक्षा, कोही अशक्त र बेसहारा नहोस्, कुनै पनि कारणले कोही पनि मानिस मानवोचित जीवनबाट वन्चित हुनुहुँदैन ।”
सरकारले आश्रमको अक्षयकोषका लागि थप एक करोड रुपियाँ सरकारका तर्फबाट थपिदिने घोषणा प्रधानमन्त्री ओलीले गरे ।
विभिन्न सङ्घ संस्थाले र व्यक्तिले पनि कोषमा सहयोग पुर्याउन हात बढाउन पनि उनले आग्रह गरे।बन्धुत्वविहीन र सहारा नपाएर बाँच्नुपर्ने नेपालका लागि शुभ नभएकाले यसका निम्ति सरकार र समाज मिलेर यी प्रयासलाई अगाडि लैजानुपर्नेमा उनले जोड दिए ।
सरकारले सानो सहयोग मात्र गरेको तर समर्पित भएर लागेका अभियन्ताको भूमिका ठूलो रहेको प्रधानन्त्रीको भनाइ छ । संस्थालाई सहयोग पु¥याउने व्यक्ति र सङ्घ संस्थाको सहयोग ठूलो रहेकाले निरन्तरता दिन उनले अपिल गरे। हाल कोरोना भाइरस महामारीको गम्भीर अवस्थाका कारण आर्थिक हिसाबले सरकार आफैँ त्यति सबल नरहे पनि सरकार र आश्रमको भावना मिलेकाले २०७८ सम्ममा देशलाई सडक मानवमुक्त देश बनाउने लक्ष्यमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस्