December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

प्रयोग नभएका सिमकार्ड अब एक बर्षसम्म बेच्न नपाइने

काठमाडौं, प्रयोगविहीन सिमकार्ड अब छ महिनासम्म दुरसञ्चार सेवा प्रदायकले बिक्री गर्न नपाइने भएको छ । यो भन्दा अगि प्रयोगमा नआएको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्ने र त्यसलाई “रिसाइकल” पुनः बिक्रि गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।

सिमकार्ड सम्बन्धि नेपाल दुरसञ्चार प्राधिकरणले हालै मात्र यो नयाँ व्यवस्था हो । अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुन बिक्री गर्न पाउनेछन् प्राधिकरणका प्रबक्ता मिनप्रसाद आर्यालले बताए ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो । प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निष्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो ।


छोटो समयमै सिमकार्ड पुनः बिक्रीको सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो निर्णय भएको अर्यालले बताएका छन । नम्बर दुरुपयोग हुनसक्ने सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घले पनि प्राधिकरणलाई यस्तो अवधि दुई वर्ष पु¥याउन प्राधिकरणलाई अनुरोध गरेको थियो, उनले भने, “तर सिमकार्ड सीमित स्रोत भएकाले एक वर्षसम्म बिक्री गर्न नपाउने निर्देशन जारी गरेका हौँ । ”

शीर्ष समाचार

धेरै पढिएको