May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

सरकारकै मिलेमतोमा सुन भित्रियोः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारकै मिलेमतोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिएको दाबी गरेका छन् । आज (शनिबार) नेपालगञ्ज पार्टीको कार्यक्रममा पुगेका ओलीले उक्त घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नलिएको उनको आरोप छ ।

‘एक सय केजी सुन कसैले थाहै नपाई, मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो ?’ उनले प्रश्न गरे ।सरकारले देशलाई टाट पल्टाउने काम गरेको उनको आरोप छ । अहिलेको सत्ता गठबन्ध अपवित्र रहेको उनको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको