December 9, 2023, Saturday
२०८० मंसिर २३, शनिबार

साढे दुई घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर सुचारु

काठमाडौं, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर दुई घण्टापछि सुचारु भएको छ । आज (शुक्रबार) सर्भर डाउन हुँदा यात्रुहरु विचल्ली परेका थिए ।सर्भर डाउन भएको कारण नेपालबाट बाहिरिने र नेपाल भित्रिने यात्रुहरुले समस्या भोग्नु परेको थियो । ‘करिब साढे दुई घण्टापछि सर्भर सुचारु भएको छ ।

अहिलेको अवस्था नर्मल छ,’– विमानस्थलका एक कर्मचारीले रिपोर्टर्स नेपालसँग भने ।

अन्तराष्ट्रिय विमानस्थलमा पटक–पटक यस्ता समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय मौन छन् । सर्भर डाउन भएका कारण विदेशबाट नेपाल आएका २ वटा र नेपालबाट विदेशका लागि उड्न लागेको चार वटा जहाजका यात्रुहरु अलपत्र परेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको